site stats
बाह्रखरी :: Baahrakhari
देश
युवतीको अश्लील भिडियो खिच्ने डीएसपी केसी धरौटीमा छुटे

काठमाडौं । युवतीको अश्लील भिडियो खिचेको आरोप लागेका सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी थुनामुक्त भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेसँगै उनी थुनामुक्त भएका हुन् । उनीविरुद्ध सरकारी वकिल कार्यालयले आज (सोमबार) मुद्दा दर्ता गरेको थियो ।

चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी गत फागुन ५ मा स्वयम्भूस्थित न्यू इभन पोईन्ट रेष्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए ।

उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्