site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानले तोक्यो ‘ए’ टिमको प्रमुख प्रशिक्षक र विभिन्न समितिका संयोजक, को को परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ‘ए’ टिमको प्रशिक्षक र विभिन्न समितिका संयोजकहरू मनोनयन गरेको छ । 

क्यानको फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको हो । 

Argakhachi Cement Island Ad

क्यानका अनुसार नेपाल ‘ए’ टिमको मुख्य प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कलाम अलीलाई मनोनयन गरेको छ ।

यस्तै, यू–१९ महिला टिम प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने निर्णय गरिएको क्यानद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

क्यानले प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले, प्राविधिक समिति संयोजकमा विक्रम बिष्ट, विकास समिति संयोजकमा धिरेन्द्र सावद र महिला क्रिकेट विकास समितिको संयोजकमा प्रदिप मजगैयालाई तोकेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्