site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विवादमा नेविसंघको बैठक, समानान्तरको तयारीमा इतर समूह 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा पुनः विवाद देखिएको छ । संघको मंगलबारदेखि हुने भनिएको वर्तमान केन्द्रीय समितिको पहिलो बैठक पनि विवादित बन्ने देखिएको छ ।

संस्थापनइतर अर्थात् शेखर कोइरालानिकट विद्यार्थी नेताहरूले संघको छुट्टै बैठक बोलाउने बताएका छन् । सो समूहका नेता भुवन भट्टले अध्यक्ष दुजाङ शेर्पाले फरक पक्ष र विचार एवं धारणा राख्नेलाई ‘बाइकट’ गरेकाले छुट्टै बैठकको तयारी गरिएको जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“भोलि केन्द्रीय समिति बैठक भनिएको छ, फरक विचार र फरक धारणा राख्ने पक्षसँग कुनै सल्लाह छैन । हामी छुट्टै बैठक राख्ने, संगठनका पक्षमा विधिविधानको रक्षा गर्ने र नेविसंघ साँच्चिकै महाधिवेशनउन्मुख गराउने निर्णय गरेर अगाडि बढ्ने तयारीमा छौँ,” उनले भने, “हाम्रो समूहबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय समितिका साथीहरू सामूहिक रूपमा अब वर्तमान अध्यक्षका अवैधानिक गतिविधि र मनोमानी प्रवृत्तिविरुद्ध खरो भएर उत्रनेछौँ । नेविसंघको गरिमा बचाउन लाग्छौँ ।”

इतर समूहले कांग्रेस कार्यसम्पादन समितिले गरेको निर्णय समेत संघ अध्यक्षले उल्लंघन गरेको आरोप लगाएको छ । “संगठनको महधिवेशन, संगठनभित्र देशभरि नै विवाद छरपस्ट हुँदा पनि आफ्नो तदर्थ समितिको अध्यक्ष पदको कार्यकाल लम्ब्याउन अधिवेशन असार १५ मा गर्ने भनी कार्यतालिका ल्याएर नाटक मञ्चन भइरहेको छ,” भट्टले भने ।

महाधिवेशनपूर्व गर्नुपर्ने काम नगरेर अध्यक्ष गैरजिम्मेवार बनेको, सदस्यता वितरण नगरिएको र सबै जिल्लामा समानान्तर गतिविधि भइरहँदा विवाद समाधानमा अध्यक्षले कुनै चासो नदेखाएको इतर समूहको आरोप छ  ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro