site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिनु राम्रो : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताएका हुन् ।

एमालेले बालकुमारी घटनामा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै आएको छ । उनीहरूले राजीनामा नदिएसम्म सदनमा विरोध कायमै रहने अध्यक्ष ओलीले उल्लेख गरे ।

समाजवादी मोर्चामा सहभागी हुन बोलाइएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सो मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro