site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकारले पारिश्रमिक पाएका छैनन्, राज्यव्यस्थाले चासो नदिए लोकतन्त्र फस्टाउँदैन : सांसद श्रेष्ठ 
फाइल तस्बिर ।

काठमाडौं । श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय संसद्मा उठेको छ । आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारको समस्या उठान गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेता समेत रहेको सांसद श्रेष्ठले राज्यको चौथो अंग समस्यामा रहँदा सरकार किन मौन छ भन्दै प्रश्न उठाए । 

“श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय मिडिया हाउस हुँदै सडकमा पुगेको छ । प्रजातन्त्र पुर्नवहाली र सुशासन तथा आमनागरिकलाई सुसूचित गर्ने श्रमजीवी पत्रकार आज विषम परिस्थितिबाट गुज्रेका छन,” उनले भने । 

सांसद श्रेष्ठले राज्यको लोकतन्त्र श्रमजीवी पत्रकारको समस्या हल नगर्ने भए फस्टाउन नसक्ने उल्लेख गरे । “राज्यव्यवस्थाले बेलैमा समस्या हल गर्न नसके राज्यको लोकतन्त्त फस्टाउँदैन । राज्यको चौथो अंगको रूपमा रहेकाले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि हैन ?,”उनले प्रश्न गरे ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro