कला
काठमाडौं । निर्देशक समुद्र भट्टले नयाँ नेपाली सिनेमा बनाउने भएकी छन् । नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर उनले चलचित्र बनाउन लागेकी हुन् । शनिबार एलिजा र निश्चललाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ ।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको सिनेमाको ‘टाइटल’ सार्वजनिक गरिएको छैन । आउँदो वैशाखभित्रै छायांकन सुरु गर्ने निर्माण पक्षको तयारी छ ।
लभ स्टोरी क्राइम थ्रिलरको सिनेमामा समुद्रकै कथा रहने निर्माण पक्षले जानकारी गराएको छ । समुद्रले यसअघि निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ ।
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८० २१:२१
प्रतिक्रिया दिनुहोस्