site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पूर्वसैनिकसचिव शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’ सार्वजनिक गरिएको छ । पूर्वसैनिकसचिव एवं शाही पार्श्ववर्ती शाहको पहिलो पुस्तक ‘मैले देखेको दरबार’ ०६७ सालमा प्रकाशित भएको थियो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा शाहले दरबारमा शाही पार्श्ववर्तीदेखि सैनिकसचिवसम्मको भूमिकामा रहँदा देखेका, भोगेका घटनाक्रमलाई पुस्तकमा समेटेको बताए । ‘दरबारबाट देखेको नेपाल’, ‘छोटो जीवनको लामो यात्रा’ र ‘जीवन एक अनुभूति अनेक’ गरी तीन खण्ड गरेर शाहले पुस्तकमा आफ्नो अनुभव समेटेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लोकार्पण कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पुस्तकको समीक्षा गरे । शाहले पुस्तकमा दरबारभित्रको अनुभव मात्र नभएर नेपाल र भारतबीचको तिक्ततापूर्ण सम्बन्ध र चीनलाई चिन्न नसकेको विषय पनि गम्भीर ढंगले उठाएको उनले जनाए ।

दोस्रो पुस्तकमार्फत दरबारभित्रका थप आयाम खुलाउँदै आफ्नो जीवन अनुभवबाट मान्छेलाई सन्देश दिने प्रकारले लेखिएको अधिकारीले टिप्पणी गरे ।

Global Ime bank

कार्यक्रममा संविधानविद् विपिन अधिकारी, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक डा. गोविन्दबहादुर थापा र पूर्वसचिव द्वारिकानाथ ढुंगेलले पनि पुस्तकबारे चर्चा गरेका थिए ।

पूर्वरथी शाहले साढे ३५ वर्ष नेपाली सेनामा रही ३० वर्ष राजदरबारको सेवामा बिताएका थिए । राजा वीरेन्द्र, रानी ऐश्वर्य, पूर्वराजा ज्ञानेन्द्रदेखि  राजपरिवारका सदस्यबारे आफूले गरेको अनुभव उनले पुस्तकमा समेटेका छन् । माओवादीको सशस्त्र विद्रोहदेखि पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछिका घटनाक्रम र राजतन्त्र अन्त्य हुँदासम्मका विषय उनले उल्लेख गरेका छन् ।

सांग्रिला बुक्सबाट प्रकाशित ३५० पृष्ठको पुस्तकको मूल्य ७७५ रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC