देश

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास–४ को अवलोकन गरेका छन् ।
सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गरे ।
अमेरिकी ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग तथा नेपाली र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ गतेदेखि सुरु अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार १२५ सैनिक सहभागी छन् । अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । रासस
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८० १८:२०
प्रतिक्रिया दिनुहोस्