site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कम्युनिस्ट आन्दोलनको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वैद्यले कम्युनिस्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेको भन्दै त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताएका हुन् ।

उनले प्रतिक्रियावाद र संशोधनवादविरुद्ध संघर्ष गर्न अब तयारी गर्नुपर्ने धारणा राखे । कम्युनिस्टले संसदीय व्यवस्थालाई आदर्श मानेर जाने कार्य नेपालमा दुर्भाग्यको घटना भएको उनले टिप्पणी गरे ।

उनले धोकाधढीका कारण नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने अभियान बीचमै रोकिएको जिकिर गरे ।

संसद्लाई स्वीकार गर्ने प्रवृत्तिले मुलुकलाई अघि बढाउन नसक्ने उनको बुझाइ छ । विचारात्मक संघर्षलाई अघि बढाउन सच्चा मार्क्सवादी एकढिक्का हुनुपर्नेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro