site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी
SkywellSkywell
KFC Island Ad
NIC Asia

सुदूरपश्चिम । सुँगुर, बंगुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो । 

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा अफ्रिकन स्वाइन फिवर रोग फैलिन सक्ने जोखिम बढेकाले सचेत रहन कृषक तथा व्यावसायिक फार्मलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले अपिल गरेको छ । बैठकमा बंगुर तथा बंगुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बंगुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।  
 
यसैगरी पछिल्ला महिनामा कतिपय फार्मका बाख्रामा ‘टोक्सोप्लाज्मा गोन्डी’ र ‘क्यु फिवर’ नामको (बाख्रा तुहिने) रोगको पुष्टि भएको सन्दर्भमा यो रोगको रोकथामका लागि पनि सरोकारवाला निकाय र कृषकसँग समन्वय गरी सचेनामूलक कार्यगर्ने पनि निर्णय गरिएको छ । गोदावरी, गौरीगंगा र घोडाघोडी नगर क्षेत्रका कतिपय फार्मको बाख्राको नमूना परीक्षण गर्दा ‘टोक्सोप्लाज्मा गोन्डी र क्यु फिवर’ रोगको पुष्टि भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी दिए ।   

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बंगुर सुँगुरको व्यवसायमा लागेका किसानको व्यवसायमा प्रतिकूल असर नपुग्ने गरी कडाइका साथ रोगको रोकथामको पहल गर्नुपर्ने बताए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा. अवस्थीले अफ्रिकन स्वाइन फिवर रोग र यसले निम्त्याउन सक्ने समस्या, रोकथाममा लागि गरिएको पहलका बारेमा जानकारी गराएका थिए । 
 
पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले यो रोगको रोकथामका लागि जैविक सुरक्षा नै प्रभावकारी उपाय रहेको बताए । यो रोगको संक्रमण बढ्दा विगतमा कैलालीको भजनीका एक व्यवसायीको फार्ममा चार सय १५ बंगुर मरेका थिए ।  
 
सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा विषालुका कारण लाग्ने यो अफ्रिकन स्वाइन फिवर रोगको मृत्युदर उच्च रहेको र छिटो फैलिने गरेको बताइन्छ । नेपालमा पहिलो पटक गत वर्ष जेठ महिनामा यो रोग पुष्टि भएको थियो । 
फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्ने, बंगुर पालिएको खोर र फार्ममा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडरलगायतका निःसंक्रमणका औषधि प्रयोग निःसंक्रमण गर्ने, रोगको शंका लागेको पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्ने, मरेका पशुलाई खाडलमा गाड्नेलगायतका उपाय अपनाउन सकिने पशु चिकित्सकको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro