site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दसैँमा कोसी प्रदेशमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

सुनसरी । दसैँमा कोसी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोसी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए ।  

प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । 

सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । 

झापामा ७२ वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । धनकुटा र खोटाङमा एक–एकजनाको मृत्यु भएको छ ।

बाह्र दिनमा सात हजार ५९१ वटा सवारी कारबाहीमा परेका छन् । ५१ लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ । 

आर्थिक वर्ष २०७९र८० मा कोसी प्रदेशमा दसैँका बेलामा छ दिनमा १३५ वटा सवारी दुर्घटना भएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro