site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छ : सांसद दाहाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभामा नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी छन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरती साह र मिटरब्याजपीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी हुन् । सांसद दाहालले वर्तमान सरकार पूर्णतः असफल भएको जिकिर समेत गरिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भनिन्, "सरकार आलटाल गरिरहेको छ । माननीय मन्त्रीज्यूले राजीनामा दिनु पर्दैन ? आज आरती साहको परिवारले न्याय पाउन सकेका छैनन् । र उनीहरू न्यायको माग गरिरहेका छन् । राज्य कहाँ हो भनेर खोजिरहेका छन् । यति घटना खटिसक्दा गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ, उहाँले के गर्नुभयो ? आज न आरती साहको परिवारले न्याय पाउन सक्यो, न मिटरब्याजीहरूले न्याय पाउन सके । न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके । हिजो विगतलाई कोट्याएर घायल बन्नभन्दा अब के गर्ने हो, सुनौलो मौका छ । काम गरे भयो नि त । त्यसैले यो असफल सरकार भएको छ । असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्दछु ।"

सांसद दाहालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई स्पष्टिकरण नलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि आलोचना गरिन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement