site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दलित समुदायलाई कुकुरभन्दा पनि तल बनाइयो : सहमहामन्त्री परियार 

ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले देशमा दलित समुदायमाथि हुने भेदभाव अझै अन्त्य नभएको बताएका छन् । उनले २१औँ शताब्दीमा पनि दलित समुदायका व्यक्तिलाई 'कुकुरभन्दा पनि तल' गुनासो गरे ।

"२१औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुर भन्दा तल बनाइयो । छोइछिटो गरियो । यस्ता परम्परालाई अन्त्य गरी अघि बढ्नुपर्ने छ," उनले भने ।

उनले जातीय विभेद अन्त्य गर्न त्यस्ता समुदायका व्यक्तिलाई राज्यका निकायमा समानुपातिक ढंगबाट प्रतिनिधित्व गराउनुपर्ने बताए । 

"यो देशमा रहेका सबै जातजाति भाषाभाषी सबैको सुरक्षित निर्वाचित क्षेत्र बनाएर समानुपातिक ढंगबाट राज्यको निकायमा प्रतिनिधित्व ल्याउनुपर्छ," उनले भने ।

त्यस्तै, उनले जनताले पार्टीका नेताहरूलाई धेरै प्रश्न गरेको र अब जवाफ दिन ढिलो गर्न नहुने पनि बताए । पार्टी नेतृत्वले तल्लो तहका कार्यकर्ताको भावना सम्बोधन गरेर संगठन निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro