site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महाधिवेशनको तयारीमा जुट्यो जसपा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी, (जसपा) नेपाल जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको कार्यकारिणी बैठक बसेको हो । बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको महाधिवेशनबारे छलफल भएको थियो । राजनीतिक समिति, केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरूको कार्यान्वयनको बारेमा पनि समीक्षा हुने प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, "केन्द्रीय कार्यकारिणी बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको जुन ऐतिहासिक महाधिवेशन हुँदैछ, त्यसको तयारीका बारेमा छलफल हुँदैछ । राजनीतिक समिति, केन्द्रीय समितिको बैठक एक महिनाअघि बसेको थियो । त्यसले गरेको निर्देशहरू कार्यान्वयन गर्ने, महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरूको मस्यौदा समितिहरू बनाउने, भौतिक तयारीका कार्यक्रम छन् ।"

उनले महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरूको मस्यौदा समिति बनाउने बारेमा पनि छलफल भएको बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement