site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस महासमिति बैठक : प्रतिवेदन तयार गर्न छलफल जारी 

गोदावरी ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकको समापन समारोहमा पेस गर्ने प्रतिवेदन तयार गर्न छलफल जारी छ ।

ललितपुरको गोदावरीस्थित गोदावरी भिलेज रिर्सोटमा महामन्त्री, प्रचार विभाग प्रमुखसहित अन्य नेताहरू बसेर प्रतिवेदन तयार पार्ने काम भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

सोमबारदेखि सुरु भएको महासमिति बैठक आज सकाउने तयारी छ । केही बेरअघि सकिएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महासमिति बैैठक समापनको प्राविधिक तयारीबारे छलफल गरेको थियो । छलफलले पदाधिकारी, पूर्वपदाधिकारी मुख्यमन्त्रीलाई दुई–दुई मिनेट बोल्न दिने निर्णय गरेको थियो । 

“महासमिति बैठकको समापन समारोहमा पेस गर्ने प्रतिवेदनको तयारी गरिँदैछ । यसका लागि महामन्त्रीसहित केही नेताहरू बसेर प्रतिवेदन तयार पार्दैछौँ,” उनले भने । महासमिति बैठकको आज चौथो दिन समापन गरिँदैछ । बैठकमा विभिन्न पाँच वटा प्रतिवेदनमाथि चार वटा समूहमा छलफल जारी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro