site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गरिनेछ । जसपाले आउँदो जेठ २८, २९ र ३० गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

गएको पुस २७ गते सम्पन्न केन्द्रीय समितिको बैठकबाट जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको थियो । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्