site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन सरकारप्रति पार्टीको बृृहत् असन्तुष्टि छ : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको बृहत् असन्तुष्टि रहेको बताएका छन् । 

बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै खनालले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए । देशले नयाँ कोर्षको माग गरिरहेको उनको भनाइ थियो । 

देशका आमजनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचार, नीति, कार्यक्रम, बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए । उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको पनि बताए । 

उनले भने, "देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आमजनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचार, नीति, कार्यक्रम, बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन ।" 

पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको बताए । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro