site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि, यसकारण लगाउनैपर्छ खोप 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । सरकारले फागुन १३ गतेदेखि देशभर दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालकाई पनि सोही अभियानमा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप गाउँ र टोलस्तरमा नै दिइने छ । खोप लगाउने उमेर समूह र स्थानबारे सामुदायिक स्वास्थ्य स्वयंसेविका वा वडा कार्यालयमा सम्पर्क राख्न सकिने छ । 

अभियान चैत ७ गतेसम्म चल्ने छ ।

KFC Island Ad
NIC Asia

यसकारण लगाउनैपर्छ दादुरा–रुबेलाको खोप

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दादुरा–रुबेलालाई अति संक्रामक र प्राणघातक रोगको रूपमा वर्गीकृत गरेको छ । बर्सेनि करिब ९० लाख बालबालिकामा दादुरा संक्रमण हुने गरेको र एकलाख ३६ हजारले ज्यान गुमाउने गरेको डब्लूएचओ र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को पछिल्लो रिापेर्टले देखाएको छ । जसमा सबैभन्दा धेरै पाँचवर्ष मुनिका बालबालिका छन् ।

गत वर्ष काठमाडौंसहित १७ जिल्लामा फैलिएको दादुराका कारण एक हजार बढी संक्रमित भएका थिए । 

सरकारले दादुराविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा राखेको छ । जन्मिएको ९ महिना र १५ महिनामा गरी दुईपटक यो खोप लगाउनुपर्छ ।

एकजना संक्रमितले १८ जनासम्मलाई सार्न सक्ने भएकाले खोप लगाउनु नै दादुराबाट बच्ने प्रमुख उपाय हो ।

नेपाल जनसंख्याख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को प्रतिवेदनले जन्मिएको २३ महिनाभित्र पूर्ण खोप पाउने बालाबालिकाको दर अपेक्षाकृतरूपमा सुधार नभएको देखाएको छ । पूर्ण खोप नपाउने बालाबालिकाको दर २५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro