site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अत्यावश्यक विधेयक पारित गर्ने सभामुखको प्रतिबद्धता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशका निम्ति आवश्यक विधेयक संसद्‌मा पेस गरिने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले चालु अधिवेशनमा सदनका विषयगत समितिबाट प्रस्तुत विधेयक पारित गर्ने संकल्पका साथ अघि बढेको बताए ।

अघिल्ला दुई वटा अधिवेशन तयारीकै क्रममा सकिएको बताउँदै उनले अब जनताको चाहनाअनुसार ऐन बनाउन संसद् लाग्ने बताए । यो अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उनले दोहोर्‍याए ।
    
सभामुख घिमिरे सौराहामा आयोजित प्रदेश संसद् र प्रदेशसभा तथा संसद् सचिवालयअन्तर्गतका निकाय र व्यवस्थापिकाका अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । कार्यक्रममा सातै प्रदेशका प्रदेशसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय