साहित्य
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन’ हुने भएको छ । उक्त सम्मेलन २०८१ असोजको ४, ५ र ६ गते हुने जानकारी गराइएको छ ।
सम्मेलनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ भने सदस्य–सचिवमा विजयराज आचार्य रहेका छन् ।
समिति सदस्यमा प्रमोद प्रधान, डा. धनप्रसाद सुवेदी, केके कर्माचार्य, भोला श्रेष्ठ, त्रैलोक्यमान बनेपाली, अनुराधा, अनन्त वाग्ले, महेश पौड्याल तथा राजकुमार श्रेष्ठ रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १२:११
प्रतिक्रिया दिनुहोस्