site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘दालभातको स्वाद कुनै परिकारले बिर्साउन्न’
Sarbottam CementSarbottam Cement

पोखरा । रोहिणी राणाले हालसालै ‘द नेपाल कुकबुक’ पुस्तक बजारमा ल्याएकी छन् । पुस्तकमा तराई, पहाड र हिमालमा प्रचलित १०८ प्रकारका परिकारको पाक कला समावेश  छ । रोहिणीको यो दोस्रो पुस्तक हो । यस अगावै रोहिणीले अंग्रेजी भाषाको ‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ पुस्तक ल्याएकी थिइन् । 

पुस्तकमा जंगबहादुर राणादेखि मोहनशमशेर राणासम्मका ९ प्रधानमन्त्रीको भान्छामा पाक्ने खानाका परिकारबारेको पाक कला समावेश थियो । १४० प्रकारका खानाका परिकारबारे पुस्तक लेख्ने उनलाई बाल्यकालमा भने पाककलाबारे कुनै ज्ञान थिएन । 

सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा उनै लेखक रोहिणीसँगै पूर्वबैंकर अनिलकेशरी शाह नेपाली परम्परागत स्वादबारे गफिए । अनिलकेशरीसँगको गफमा रोहिणीले बाल्यकालमा खाना पकाउने ज्ञान नै नभएकोदेखि पाक शिक्षाको पुस्तक लेखेको राज खुलाइन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

भारतको आग्रामा जन्मिएकी रोहिणीको होटेलमा हिन्दी, कन्टिनेन्टललगायत कुकले खानाको परिकार पकाइरहेको देखेकी थिइन् । उनले पकाउने रुची भए पनि सिक्ने कष्ट बाल्यकालमा कहिल्यै गरिनन् ।

जब कलेजको पढाइ सकिने बेला भयो उनको बिहेको कुरा छिनियो त्यो पनि नेपालको राणा खानदानमा । खाना पकाउन, घरधन्दा नआउने भएकै कारण बिहे र इन्गेजमेन्टबीचको समय आठ महिना राखियो । 

Global Ime bank

“बिहेको कुरा छिनिएपछि आमाले भन्नुभयो यसले घरको कला, सीप केही पनि जानेको छैन । आठ महिना बिहे र इन्गेजमेन्टको बीचको पिरीयडमा पाक कलामा ट्रेनिङ भयो । भाउजूले मलाई सिकाउने ड्युटी पाउनुभो । त्यतिबेला अलि अलि सिके,” रोहिणीले फ्ल्यासब्याक सुनिइन् ।

गौरवशमशेर राणासँग बिहे भएर नेपाल आएपछि उनको खानाको अनुभव बडो रोमाञ्चक थियो । “कसैले भने हुन्थ्यो नि हामी ब्रेकफास्ट खादैनौँ । सिधैँ साढे ९ बजे भुजा खान्छौँ भनेर मानसिक रूपमा तयार हुन्थ्यो होला ! आर्मीको परिवार साढे ९ बजेर बोलाएर खाने कुरा टक्र्रयाँइयो”, उनले भनिन्, “अन्डा, टोस्ट पर्खें । यत्रो यत्रो छाप्रीभरी भुजा, दाल, मासु, तरकारी, अचार हेर्दा खेरी त चकित भए !” 

अहिले भने उनलाई संसार घुमेर थरीथरीका स्वाद चाखे पनि दाल, भात, तरकारीको स्वादको तल मेटाउन सक्दैन रे ।  
राणा परिवारमा पाक्ने परिकारबारे उनलाई श्रीमानको घरको भान्छे चिनियाँ चम्पाले सिकाइन् । जो राणा खान्दनमा स्वादिलो खाना पकाउनमा प्रख्यात थिइन् । उनैसँगै सिकेपछि उनलाई पुस्तक लेख्ने योजना फुरेको हो । 

३५ वर्ष अगाडि नै उनले पुस्तक लेख्न थालेको बताइन् । “बच्चाहरू स्कुल जाने, कलेज जाने । यो भन्यो त्यो भने । किताब बसेको बस्यै भो । बच्चाहरूको बिहेपछि लाग्यो अब किन किताब नलेख्ने,” उनले सुनाइन् । 

‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’मा सय परिकार आफ्नै घरको समावेश गरेकी उनले जानकारी दिइन् । राणा परिवारको परिकारबारे लेखिएको पुस्तक प्रकाशनको समय विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलिइरहेको थियो । प्रकाशकले पुस्तकको बिक्री नभएको भन्दै तत्काल प्रकाशन गर्न मानेनन् । १० महिना किताब छाप्न प्रतिक्षा गर्नुप¥यो उनले । जुन समय रोहिणीलाई लाग्छ जिन्दगीकै निराश समय थियो । 

उनले कोरोनाको बेला नै सोच्न थालिन्, “अब हिमाल, पहाड, तराईमा पाक्ने परिकारबारे किन नलेख्ने ?” त्यसपछि रिसर्चमा लागेको उनले बताइन् । “धेरै अनुसन्धान गरे । एउटा एउटा थरको”, उनले भनिन् । ती परिकारबारे हेरक भान्छामा पुगेर चम्चा चम्चा नापेर पुस्तकले लेखेको उनले बताइन् । 

उनले बेमौसमी तरकारीका उत्पादन बढ्दा अस्वस्थ्यकर खाना खानुपरेको उल्लेख गरिन् । जंकफुडका कारण पनि बालबालिका अस्वस्थ्य बन्दै गएको रोहिणीको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC