site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रजातन्त्र जसले ल्यायो उसको निम्ति काम गर्दै छौँ : मुख्यमन्त्री कार्की 
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रजातन्त्र जसले ल्यायो उसको निम्ति काम गर्ने प्रदेश सरकारको अठोट रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा सोमबार विराटनगरमा आयोजित सभामा मुख्यमन्त्री कार्कीले भने, “जनताले ल्याएको प्रजातन्त्र उनीहरूले अनुभव गर्न पाउनुपर्छ भन्ने हाम्रो चाहना हो । त्यहीअनुसार कोसी प्रदेश सरकार मानवीय पुँजी निर्माणमा सक्रिय भएको छ ।”

जसले कर तिर्छ उनीहरूका सन्तानलाई निःशुल्क उपचार सुरु गरिएको उनले जानकारी गराए । उनले भने, “प्रजातन्त्र जसको लागि आएको हो उसको लागि नै हामीले काम गर्न खोजेको हो ।”

मुख्यमन्त्री कार्कीले पैसा नहुनेलाई उच्च शिक्षा लिन समस्या नहोस् भनेर  छात्रवृत्तिको व्यवस्था गरिएको सुनाए । दक्ष जनशक्ति र मानवीय पुँजी उत्पादन गर्न छात्रवृत्तिमार्फत काम गरिरहेको उनले बताए । वास्तविक प्रजातन्त्रको अनुभूति जनताका घरदैलोमा हुनुपर्नेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro