site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बोर्डमा अध्यक्ष नियुक्तिमा ढिलाइ, २८ अर्बको आईपीओको फाइल अघि बढेन
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा बोर्डबाट सम्पादन हुने कामकाज रोकिएको छ ।

तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएको डेढ महिना बितिसकेको छ ।  उनको कार्यकाल गत पुस २० गते सकिएको थियो । बोर्डको नयाँ अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

समितिको सदस्यमा अर्थ सचिव कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् ।  तर, यो समितिको बैठक एकपटक मात्र बसेको छ । समितिले बोर्डको अध्यक्षका लागि आवेदन खुला गरेको छैन । बोर्डको अध्यक्ष डेढ महिनादेखि खाली रहँदा दैनिक कामहरूमा असर परेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि नै प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न निवेदन दिएका कम्पनीहरूको फाइल अगाडि बढेको छैन ।  बोर्डमा आईपीओ निष्कासन गर्न निवेदन दिने कम्पनीको संख्या बढेको छ । तर, फाइल भने अगाडि बढ्न सकेको छैन ।
बिहीबारसम्मको बोर्डको तथ्यांकलाई आधार मान्दा हालसम्म ३४ कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।  कतिपय कम्पनीले १ वर्षअगाडि नै निवेदन दिएका भए पनि आईपीओ निष्कासनका लागि अनुमति पाएका छैनन् । 

बोर्डमा अध्यक्ष नहुँदा आईपीओ निष्कासनको फाइल अगाडि नबढेको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बताउँछन् ।  “आईपीओ निष्कासन माग गर्न आउने कम्पनीको निवेदनमात्र हामीले लिने गरेका छौं । हामीले फाइल अगाडि बढाउन मिल्दैन । हाम्रो तहबाट हुने केही काम भएको पनि छ,” उनले भने, “बोर्डमा अध्यक्ष नहुँदा आईपीओ निष्कासनको स्वीकृति दिने काममा ढिलाइ भएको छ । अहिले पनि धेरै कम्पनीको आईपीओ पाइप लाइनमा छ ।”

Global Ime bank

बोर्डका अनुसार ३२ कम्पनीले २७ अर्ब ५२ करोड ११ लाख रुपैयाँको आईपीओ निष्कासन गर्न निवेदन दिएका छन् ।  यी कम्पनीको १६ करोड ६२ लाख एक हजार १९७ कित्ता सेयर निष्कासन गर्न अनुमति माग गरेका छन् । 

बोर्डमा आईपीओ निष्कासन गर्न अनुमति माग्नेमा सबैभन्दा बढी जलविद्युत् समूहका कम्पनी छन् ।  ३४ कम्पनीमध्ये १९ जलविद्युत कम्पनी छन् भने पाँच उत्पादन तथा प्रशोधन समूहका, ९ ‘अन्य’, दुई होटल तथा पर्यटन समूहका, एक÷एक लगानी र लघुवित्त समूहका कम्पनी छन् । 

सबैभन्दा महँगो आईपीओ रिलायन्स स्पिनिङ्ग मिल्सको छ । यो कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । यो कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीको आईपीओ खरिद गर्नेले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।  ८२० रुपैयाँ ८० पैसा मूल्य भनेको संस्थागत लगानीकर्ताका लागि निर्धारण गरिएको हो ।  पहिलो चरणमा संस्थागत लगानीकर्तालाई बिडिङ गरी आईपीओ बिक्री गरिनेछ । 

1.-IPO-sebon-1708313960.png
 

बिडिङमार्फत् प्राप्त मूल्यको पनि ‘कट अफ प्राइज’ निर्धारण हुनेछ ।  कट अफ प्राइजको १० प्रतिशत घटाएर सर्वसाधारणलाई आईपीओ निष्कासन गरिने छ । 

त्यस्तै शौर्य सिमेन्ट, मारूती सिमेन्ट, हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी र जगदम्बा स्टिल्सले प्रिमियम मूल्य थप गरी आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् ।  अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ थप गरी जगदम्बा स्टिल्सले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । 

त्यसैगरी शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा थप गरी २६४ रुपैयाँ ५१ पैसामा, हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरीले अंकित मूल्य १०० रुपैयाँमा १८८ रुपैयाँ थप गरी २८८ रुपैयाँमा आईपीओ निष्कासन गर्न निवेदन दिएको छ । 

मारुती सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा २७७ रुपैयाँ थप गरी ३७७ रुपैयाँमा आईपीओ निष्कासन गर्न निवेदन दिएको छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !