site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा भोलि छिटपुट, बुधबार र बिहीबार हल्का वर्षा हुने 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभावका कारण आज वर्षाको सम्भावना रहेको हो । 

काठमाडौंमा भने आज वर्षाको सम्भावना छैन । “आज काठमाडौंमा बिहानैदेखि मौसममा बदली रहेको छ । दिउँसो पनि घाम लाग्ने र बदली हुनेक्रम जारी रहनेछ,” मौसमविद् सरोज पुडाशैनी भन्छन्, “बदली रहे पनि काठमाडौंमा आज वर्षा हुने छैन ।” 

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको छ । साढे ७ बजे बढेर ९ डिग्री सेल्यिस पुगेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार दिउँसो काठमाडौंको तापक्रम २१ देखि २३ डिग्री सेल्सियसको बीचमा रहनेछ । 

काठमाडौंमा भोलिबाट वर्षा सुरु हुनेछ । भोलि दिउँसो काठमाडौंमा छिटपुट वर्षा हुने मौसमविद् सरोज बताउँछन् । उनका अनुसार बुधबार र बिहीबार भने काठमाडौंमा वर्षा हुनेछ ।

“बुधबार र बिहीबार भने काठमाडौंमा हल्का वर्षा हुनेछ,” उनी भन्छन्, “भोलि भने काठमाडौंमा दिउँसो छिटपुट वर्षा मात्रै हुनेछ ।” 

यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ । 

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत  पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro