site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आजदेखि देशभर बदली र वर्षा सुरु हुने, भोलि वाग्मतीसहित ६ वटा प्रदेशमा वर्षाकाे सम्भावना
फाइल तस्बिर । 

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ । शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आजदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । 

वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । 

बिहीबारदेखि शुक्रबार सम्म वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

बिहीबार वाग्मती, मधेस र कोसी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

शुक्रबार गण्डकी, वाग्मती र कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । शनिबारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ ।   

उक्त मौसम प्रणालीको असरले तापक्रममा केही गिरावट आउँदा चिसो बढ्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई तथा सडक यातायात प्रभावित हुनसक्ने विभागले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro