site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह

काठमाडौं । सशस्त्र द्वन्द्वका पीडितले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन सरकारसमक्ष आग्रह गरेका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दै उनीहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई लामो समयसम्म नअड्काई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका हुन् ।

पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनीहरूले माग गरे । बेपत्ता परिवारका रामकुमार भण्डारीले १७ महिनादेखि संसद्मा अड्किएको विधेयकलाई टुंगोमा पुर्‍याएर पीडितमैत्री आयोग बनाउन माग गरिएको जानकारी दिए । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन रोक्ने षड्यन्त्रलाई विफल पार्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको उनको भनाइ छ ।

बेपत्ता परिवारका हरिप्रसाद रुपाखेतीले आफ्नो छोरा फर्कने आशा नरहे पनि राज्यले बेपत्ताका बारेमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

पीडितसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई दुईचार दिनभित्रै अघि बढाउने र सदनबाट पारित गर्दै आयोग बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro