site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसका मुख्यमन्त्री यादवले तेस्रोपटक पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभा बैठकमा उपस्थित १०४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए । विश्वासको मतको विपक्षमा ३५ मत परेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

जसपाका यादव गत वर्ष पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले तेस्रोपटक विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro