site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
टेलिभिजनमा आलाकार्ट मूल्य प्रणाली लागु, कुन च्यानललाई कति रुपैयाँ पर्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गरेको छ । आइतबार सूचना तथा प्रसारण विभागले पत्रकार सम्मेलनमार्फत फागुन २ गतेबाटै आलाकार्ट मूल्य प्रणाली लागु गरिएको जनाएको हो ।

सरकारले लागु गरेको आलाकार्ट मूल्य प्रणाली सेवाप्रदायकहरूले पूर्णरूपमा कार्यान्वयन नगरे कारबाही गर्ने विभागको चेतावनी छ ।

सरकारले टेलिभिजन हेर्ने ग्राहकलाई चाहेको टेलिभिजन च्यानलमात्रै हेर्न पाइने सुविधा दिने गरी आलाकार्ट मूल्य प्रणाली ल्याएको हो । विभागले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु भएसँगै उपभोक्ताले सेवा प्रदायकसँग सम्पर्क गरी आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने र त्यही अनुसारको शुल्क मात्र भुक्तानी गर्नुपर्ने बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक शंकर नेपालले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गर्दा वा यो भन्दा पहिला आलाकार्ट मूल्य प्रणाली लागु नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बन्डलिङ गरेर लैजान नपाइने सन्देश दिन खोजिएको बताए ।

"इन्टरनेट र प्रसारण दुईवटा अलग–अलग ऐनबाट नियमन हुन्छ । टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गर्दा वा यो भन्दा पहिला आलाकार्ट मूल्य प्रणाली लागु नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बन्डलिङ गरेर लैजान पाइँदैन भन्नेकुरा उपभोक्तामा सन्देश जानुपर्छ । सरकारले अहिलेसम्म टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गर्न उपभोक्ता पनि जागरुक हुन जरुरी छ," उनले भने ।

Global Ime bank

उपभोक्ताले अग्रिमरूपमा ६ महिना एक वा दुई वर्षका लागि पैसा तिरेको अवस्था रहेको भन्दै टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु भएपछि सेवाप्रदायकले उपभोक्ताबाट उठाएको पैसा समायोजन गर्नुपर्ने बताए ।

उनका अनुसार बेसिक प्याकेज र पे च्यानल गरेर मासिक अधिकतम ४७० रुपैयाँको मूल्य निर्धारण गरिएको छ । अब सेवा प्रदायक कम्पनीहरूले ४७० रुपैयाँभन्दा बढी शुल्क लिन पाउने छैनन् ।

यसअघि नै सरकारले आलाकार्ट प्रणाली अन्तर्गत नेपालमा प्रसारण हुने टेलिभिजनको न्यूनतम मासिक शुल्क २५० रुपैयाँ कायम गरेको छ । केही सःशुल्क च्यानलहरूको पनि बुके शुल्क निर्धारण गरिएको छ ।

सरकारले २०७९ चैत १५ गतेदेखि नै टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।

विभागले अहिलेका लागि आठवटा सःशुल्क प्रसारक संस्थाहरूको बुके मूल्य निर्धारण गरेर आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । जसअनुसार स्टारका ३२ च्यानलको ६५ रुपैयाँ, सोनीका १८ च्यानलको ६५ रुपैयाँ, जी इन्टरटेन्मेन्टका १३ च्यानलको २५ रुपैयाँ, बनेट एन्ड कोलम्यानको तीन रुपैयाँ, डिस्कभरीका चार च्यानलको २० रुपैयाँ, बीबीसीको प्रतिच्यानल एक रुपैयाँ, होम बक्स अफिसको १५ रुपैयाँ प्रतिउपभोक्ताले प्रतिमहिना भुक्तानी गर्नुपर्ने हुन्छ ।

बुकेमा सूचीकृत सबै च्यानल हेर्न चाहेमा उपभोक्ताले प्रतिमहिना ४५० देखि ४७० रुपैयाँसम्म भुक्तानी गर्नुपर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय