site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ओझेलमा लाहुरेनीको कथा

पोखरा । पोखरा लाहुरेको सहरका रूपमा परिचत छ । रिटायर्ड मात्र होइन, भर्ती भएर लाहुरे बन्नेहरूको लर्को पोखरामा देखिन्छ ।

लाहुरेको सहर पोखरामा यति बेला ११औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको सरगर्मी छ । आइतबार फेस्टिबलमा लाहुेरनीको कथाव्यथा सुनाइयो ।

पहिलो होस् या दोस्रो विश्वयुद्धमा गोरखा लाहुरेले आँट देखाए, वीरताको इतिहास लेखाए ।

Dabur Nepal
NIC Asia

इतिहासका पानामा गोरखा लाहुरेका कथा धेरै लेखिएको छ । कतै बहादुरीको कथा त कतै इमानदारिताको । तर, लाहुरेनीको कथा नेपथ्यमै हराइरह्यो ।

गोली, बारुद र खुकुरीको धारमा होमिने लाहुरेका आत्मविश्वास बनेका लाहुरेनी जहिल्यै छायामा परेको ‘लाहुरेनीका कथा’ सेसनमा सहभागी वक्ताले एकै स्वरमा बताए ।

मीना गुरुङलाई त लाहुरेनीप्रति हेर्ने दृष्टिकोणले चित्त दुखाएको छ । विलीन लाहुरेनीको कथा कसैले कोट्ट्याउन नखोजेको उनले बताइन् ।

“यो कथाव्यथा, लाहुरेनीको योगदानलाई, उसले निभाएको अहं भूमिकालाई कसैले पनि चासो दिएनन् । समाजका यति धेरै प्रभुत्व व्यक्ति, इतिहासविद्हरू, राजनीतिकर्मीहरूले, साहित्यकारहरूले ध्यान दिएनन्,” गण्डकी प्रदेशसभाको पूर्वसदस्य समेत रहेकी गुरुङले गुनासो गरिन् ।

पुस्तकमा पनि लाहुरेनीको कथा कतै नलेखिएको उनको भनाइ छ । गोरखा महिलाले वेदनापूर्ण जीवन बिताएको उनले स्मरण गरिन् । आफ्नो सपना निमोठेर बाँच्नुपरेको मीना स्वयंको भोगाइ छ ।

लाहुरेनीका सुखदुःखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीष २०७ वर्षपछि बल्ल गोरखा महिलाबारे थोरै भए पनि चर्चा हुन थालेको बताउँछिन् । लामो इतिहासमा लाहुरेनी हराएको उनले बताइन् ।

“कथाहरू लाहुरेकै आयो बहादुरीको, विजयको । तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौँ,” अनुसन्धानकर्मी समेत रहेकी सुजनाले भनिन् । गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भएको उनको ठम्याइ छ ।

शब्द र कथाले बुनेको गोरखा इतिहासमाथि गहिरो अनुसन्धानको आवश्यकता सुजनाले औँल्याइन् । “मुख्य समस्या बौद्धिक फोरममा आएर गोरखा महिलाबारे बुझाउन सकेका छैनौँ,” उनले भनिन् ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङले गोरखा महिलाले लडाइँमा श्रीमान् गुमाएर पनि पेन्सन नपाएको सुनाए । गाउँमा एकथरी नाम, पल्टनमा अर्कोथरी नाम हुँदा आर्थिक रूपमा चेपुवामा परेको उनले बताए ।

“प्रेमी फर्केर आउँछ भन्दा भन्दै जीवन बित्यो । पेन्सन पनि पाएनन्, समाजले पनि नानाथरी लाञ्छना लगायो,” उनले भने ।

गोरखाका महिलाको पीडा सुनाइसाध्य नरहेको चन्द्रबहादुर बताउँछन् । “बाध्यताको देशमा हामी छौ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro