site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २७.२१ अंकले घटेर २०३४ विन्दुमा, सबै उपसूचक राताम्य

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २७.२१ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १.३१ प्रतिशतले घटेर २०३४.८२ विन्दुमा रोकिएको हो । गएको साताको अन्तिम करोबार दिन नेप्से १४.४६ अंकले घटेको थियो ।

यस दिन तीन अर्ब ७७ करोड ५४ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम केही घटेको हो । बिहीबार तीन अर्ब ८६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।

२१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । २२५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।

बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साम्लिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको लगातार सर्वाधिक मूल्यको सेयर कारोबार हुँदै आएको छ । आइतबार यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक २.७० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro