राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन ९ गते सरकारलाई मागपत्र बुझाउने भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहसहित जनजीविकाका माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मागपत्र बुझाउने निर्णय गरेको हो ।
बैठकले फागुन ९ गते काठमाडौंमा प्रदर्शनसमेत गर्ने छ । सोही दिन देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम तय गरिएको राप्रपाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १६:५४
प्रतिक्रिया दिनुहोस्