site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ह्याक भएको वेबसाइट बनाउन त्रिविलाई लाग्यो १५ दिन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट १५ दिनपछि आज (बुधबार) लाइभ देखिएको छ ।

गत माघ १६ गते कार्यालयको वेबसाइट टीयूइक्जामडटईडीयूडटएनपी ह्याक भएको थियो । ह्याक भएको १५ दिनपछि वेबसाइट सञ्चालनमा आएको हो ।

यसबीचमा त्रिविका सूचना एवं अन्य जानकारी पाउन विद्यार्थी एवं सेवाग्राहीलाई समस्या भएको थियो ।

देशकै ठूलो विश्वविद्यालयको वेसबाइट ह्याक हुनु र पुनः सञ्चालनमा आउन लामो समय लाग्नुले संस्थाको क्षमता र यहाँका अधिकारीहरुको जिम्मेवारीमाथि प्रश्न समेत उब्जाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका सूचना प्रविधि (आईटी) प्रमुख दीपकबहादुर शाहीले वेबसाइट ह्याक भएको बताएका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro