site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ह्याक भएको त्रिविको वेबसाइट अझै बनेन, के भन्छ निर्माण कम्पनी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको ह्याक भएको वेबसाइट अझै बन्न सकेको छैन ।

मंगलबार रातिदेखि नै कार्यालयको वेबसाइट टीयूइक्जामडटईडीयूडटएनपी मा समस्या देखिएको थियो । बुधबार पनि कुनै बेला वेबसाइट खुल्ने र फेरि समस्या देखिने क्रम जारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले वेबसाइट खोल्दा निमार्णको क्रममा रहेको सन्देश होमपेजमा देखिन्छ । त्यसअघि उक्त वेबसाइटको यूआरएल खोल्दा एउटा फेसबुक अकाउन्टमा रिडाइरेक्ट भइरहेकाे थियाे ।

यस विषयमा त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले आफूलाई जानकारी नै नभएको बताए ।

Global Ime bank

उक्त वेबसाइट बनाउने कम्पनी 'वान अप कम्युनिकेसन'ले भने समस्या समाधानका लागि प्रयास गरिरहेको जानकारी दिएको छ ।

बाह्रखरीले गरेको सम्पर्कमा कम्पनीले आज साँझ वा भोलिसम्म वेबसाइटमा देखिएको समस्या समाधान हुने बताएको छ । तर, कम्पनीले समस्या के हो र कसरी देखियो भन्नेबारे थप विवरण दिन चाहेन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय