site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारी र नेता भएपछि जसरी पनि कमाउनुपर्छ भन्ने ‘शिक्षा’ले देश ध्वस्त भयो : चित्रबहादुर केसी 
फाइल तस्बिर ।

काठमाडौं । कर्मचारी भएपछि जसरी पनि अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने ‘शिक्षा’ले नेपाल ध्वस्त भएको सांसद चित्रबहादुर केसीले गुनासो गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले नेतामा पनि कमाउनुपर्छ भन्ने मानसिकता हावी हुँदा देश ध्वस्त भएको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद केसीले कुनै पनि देश ध्वस्त पार्नुपरे शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाइदिँदा पर्याप्त हुने भन्दै आक्रोश पोखे ।

“कुनै देशलाई ध्वस्त पार्नु छ भने शिक्षा ध्वस्त पारिदिनुपर्छ । हाम्रोमा कर्मचारी भएपछि जसरी पनि कमाउनुपर्छ, नेता भएपछि जसरी पनि कमाउनुपर्छ भन्ने शिक्षाले ध्वस्त पारिरहेको छ,” उनले भने ।

उनले कुनै एक कर्मचारीलाई कारबाही गरेर देशको हित नहुने भन्दै नेतृत्वको मानसिकता बदलिनुपर्ने र कानुनी सुधार गरिनुपर्ने धारणा राखे ।

सांसद केसीले नेपालीजतिलाई विदेश पठाउने र विदेशीलाई अंगीकृत नागरिकता दिँदा देश बन्छ ? भन्ने प्रश्न गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro