site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालले भारतीयलाई कडाइ गर्नुपर्छ, सीमा व्यवस्थित गर्नुपर्छ : रघुजी पन्त 
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतीय नागरिकलाई सिमा नाकामा कडाइ गर्नुपर्ने धारणा राखेका छन् । 

आइतबारको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले भातरसँगको सिमा व्यवस्थित गर्नुपर्ने बताए । 

“खुल्ला सीमा व्यवस्थित गर्नुस् । भारतले हाम्रा नागरिकलाई कडाइ गर्दा हामी किन नसक्ने ?,” उनले भने । सांसद पन्तले नेपाल तेस्रो देशबाट आएर बसोबास गर्ने मानिसहरूको अखडा बन्दै गएकोमा पनि असन्तुष्टि पोखे । 

उनले रोहिङ्गा शरणार्थीको विषय पनि बैठकमा उठाए । “यथार्थ जानकारी होस् । भारतसँगको सीमा व्यवस्थित गर्नुस् । किन भने नेपाल जो पनि आएर बस्ने ठाउँ भयो,” सांसद पन्तले भने, “रोहिंगाको विषय प्रमाणसहित आइरहेको छ । तेस्रो लिंगीहरू जसले लुट्छन् । उनीहरू नेपाली होइनन् ।” 

यो मुलुकमा जो आएर जे पनि हुने हो ? भन्ने प्रश्न गर्दै उनले पाकिस्तानी महिला नेपालको बाटो प्रयोग गरेर भारत जादा हंगामा भएको पनि स्मरण गरे । “पाकिस्तानी महिला भारतीयसँग लभ पर्‍यो नेपाल हुँदै भारत पुगिन् । भारतमा हंगामा भयो,” उनले भने । 

उनले विमानस्थलमा देखिएको दृष्यले राष्ट्रिय अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै प्रहरीलाई मात्र कारबाही भएको तर कर्मचारीलाई नभएको बताए । “जबकी कर्मचारीले हात हाल्न थालेको देखिन्छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro