अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ ।
आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८० ११:१५
प्रतिक्रिया दिनुहोस्