site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद : राष्ट्रपति पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद पक्ष भएको बताएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति पौडेलले हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विषयहरू प्रकाशित भएको भन्दै यस खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए । 

राष्ट्रपति पौडेलले भने, "महालेखा परीक्षकको प्रतिवेदनमा हरेक साल बेरुजु बढ्दै जानु दुःख लाग्दो कुरा हो । हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विषयहरू प्रकाशित भएका हुन्छन् । यस्ता खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्छ ।" 

Global Ime bank

उनले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र नभइ ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए ।

राष्ट्रपतिले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह हुनुपर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement