site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपामा फर्किए स्वतन्त्र सांसद
Sarbottam CementSarbottam Cement

काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद अनिरुद्वप्रसाद सिंह यादव जनता समाजवादी पार्टी (जसपा)मा फर्किएका छन् ।

शनिबार सप्तरीको बोदेवर्साइन नगरपालिकामा आयोजित कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताले उनलाई पार्टीमा स्वागत गरे । उनीसँगै विभिन्न पार्टी परित्याग गरी केही नेता–कार्यकर्ता जसपामा प्रवेश गरेका अध्यक्ष यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उमेदवार बनेका थिए । नौ हजार ९८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उमेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरेका थिए ।

योसँगै मधेस प्रदेशसभामा जसपाका प्रदेशसभा सदस्य संख्या १९ पुगेको छ । यसअघि, महोत्तरी–२ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा–३ ‘क’बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC