देश
काठमाडौं । दोलखामा मानव कंकाल फेला परेको छ । गौरिशंकर गाउँपालिका ७ मार्बुस्थित घटे खोलामा १३ वर्षीया आयुषा श्रेष्ठको कंकाल फेला परेको हो ।
मार्बुका रामकृष्ण श्रेष्ठको छोरी आयुषा सात महिना अगाडि वर्षाको समयमा हराएको प्रहरीले जनाएको छ । मृतकको परिवारले उक्त कंकाल पहिचान गरी बुझी लगेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० ०९:५३
प्रतिक्रिया दिनुहोस्