site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं कांग्रेस सभापति बानियाँलाई ‘बिना चुनाव’ देउवाको टिकट !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँलाई टिकट दिने घोषणा गरेका छन् । पाँच वर्षमा हुने निर्वाचन भएको एक वर्ष हुँदै गर्दा देउवाले चार वर्ष पछि हुने चुनावको टिकट बानियाँलाई दिने घोषणा गरेका हुन् । 

शुक्रबार भएको नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलनमा जिल्ला तहका नेताहरूले सभापति बानियाँलाई कांग्रेसले उमेदवार नबनाएर अन्याय गरेको गुनासो गरेका थिए ।

जवाफमा देउवाले 'टिकट दियो भने जिताउने हो ?' भन्दै प्रश्न गरेका थिए । ०७९ को निर्वाचनमा नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधान काठमाडौं–६ मा पराजित भएका थिए । देउवाले टिकट दिएका व्यक्तिलाई चुनाव नजिताएको भन्दै कार्यकर्तालाई चुनौती दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“यहाँ एउटा कुरा सबैलाई चित्त दुखेछ (सबुज) बानियाँलाई टिकट दिएन भनेर,” देउवाले त्यति भनेपछि 'हो, हो' भन्दै हुटिङ भएको थियो । आफ्नो भनाइ पूरै नसुनी हुटिङ भएको भन्दै देउवाले रिसाउँदै चुनौती दिएका थिए । 

“कुरा सुन्नुस्, सुन्नुस्; हो, होइन अझै बाँकी छ नि !,’ देउवाले भने, “टिकट दियो भने जिताउनुहुन्छ ?”

Global Ime bank

कार्यक्रमस्थलमा हुटिङ बढेपछि देउवाले प्रश्न गरे, “टिकट पाएर हराउनुभयो भने ?”

कार्यकर्ताले 'राष्ट्रियसभामा किन नलगेको' भन्दै प्रश्न गर्दा देउवाले ‘जिताउन सक्नुहुन्न ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । 

“राष्ट्रियसभाको कुरा गर्नु भनेको चाहिँ जिताउन सक्दिनँ भनेको हुन्छ है फेरि, जिताउनुहोला,” यति भनेर देउवाले आफ्नो भनाइ टुंग्याएका थिए ।

कार्यक्रमको सुरुवातमा देउवाले लामो भाषण गर्ने नेताहरूलाई व्यंग्य गर्दै मान्छे हिँडेपछि भित्तालाई पनि सुनाएर भाषण गर्ने र एकजना बाँकी भयो भने त्यसैलारई सुनिदिएकोमा धन्यवाद भन्ने चलन रहेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC