site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशसभाको हिउँदे अविधेशन आह्वान नहुँदा एमाले र राप्रपा असन्तुष्ट

मकवानपुर । चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै वाग्मती प्रदेशसभाका सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको वाग्मती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।

नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले आज विज्ञप्ति गर्दै हिउँदे सकिन लाग्दा पनि हिउँदे अधिवेशन आह्वान नभएकोमा असन्तुष्टि जनाएका छन् ।

पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको सन्तोषजनक नभएको उनको भनाइ छ । 

प्रदेश सरकार सञ्चालन गर्न कम्तीमा सय वटा ऐन आवश्यक पर्ने पहिचान भएकोमा हालसम्म ४६ वटा मात्र ऐन बनेको थपलियाले लगाए ।

दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा प्रदेशसभाको जम्मा ५६ वटा बैठक बसेको छ ।

थपलियाले भनेका छन्, “ऐन निर्माणमा सन्तोषजनक काम हुन सकेको छैन । आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुन लाग्दा पनि हालसम्म सरकारले नौ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन ।”

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको बताए । उनले भने, “सरकारले प्रतिपक्षीलाई दोष देखाएर अगाडि बढ्न खोजिरहेको छ ।” रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro