site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन : राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । 

मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति पौडेलले राजनीतिलाई समाजसेवाको बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता भएको जिकिर गरे । हिजोका दिनमा राजनीति मूख्य विषय भएको तर अबका दिनहरूमा जनता र समाजको सेवा नै सवैको लक्ष्य हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने उनको विश्वास छ । कार्यक्रममा राष्ट्रपति पौडेलले मीनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गरे । पुरस्कारको राशी जनही ५१ हजार एक रुपैयाँ रहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement