राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक र विस्तार गरिसक्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले चैत २५ गतेसम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीको महाधिवेशनका निम्ति ०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय पनि गरिएको छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० १८:३०
प्रतिक्रिया दिनुहोस्