site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसदीय समितिले भन्यो– तोकिएकै समयमा संसद् भवन बन्न सक्दैन, सरकारले चासो देखाओस्
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरूले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको स्थलगत अनुगमन गरेका छन् । 

राष्ट्रियसभाका दुई समितिका सदस्यहरूले बिहीबार निर्माणधीन संसद् भवनको भौतिक प्रगतिको बारेमा जानकारी लिनुका साथै स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तोकिएकै समयमा निर्माणधीन संसद् भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले चैत्र १२ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समय दिएको भएपनि समयभित्रै सम्पन्न हुन नसक्ने अवस्था अवलोकनपछि देखिएको बताए । काम ढिलो भइरहेको र ढिलो हुनुमा सामान खरिद प्रक्रियादेखि आवश्यक पर्ने मजदुर काममा नखटाएको लगायतका समस्या देखिएको बताए । २०८१ का अधिवेशनहरू नयाँ संसद् भवनबाट सञ्चालन गर्नेगरी काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, "संविधान जारी गरेपछि र संविधानसभा समेत बानेश्वरको आईसीसी भवनमा चलेको थियो । बाहिर राख्दा खर्च पनि धेरै नै थियो । त्यससँगै सरकारले सिंहदरबारभित्र नै संसद् भवन बनाउने कुरा राम्रो पनि हो । यो भवनलाई समयमा नै सम्पन्न गर्ने कुरामा अझै तोकिएको समयमा सकिने सम्भावना छैन । चैत्र १२ गते सम्ममा सक्ने भन्ने आयोजनाको डेटलाइन थियो । त्यसमा सकिने सम्भावना छ की छैन र त्यसमा केके सम्भावनाहरू छन् भनेर हामीले आयोजनाकै तर्फबाट यसका प्रतिवेदनहरूमा छलफल पनि गरेका छौँ । त्यसपछि हामीले स्थलगत रूपमा नै समस्या के रहेछन् भनेर अवलोकन गरेका छौँ ।" 

Global Ime bank

अनुगमनका क्रममा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले निर्माणधीन संसद् भवनको स्ट्रक्चरको काम सकिसकेको बताए । उनले असार मसान्तसम्म इन्टेरियरको काम सकिसक्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement