site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्का महासचिव पाण्डेयले फरक नागरिकताबाट लिएका थिए दुईवटा राहदानी 

काठमाडौं । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको राहदानी पनि तीनवटा रहेको पाइएको छ ।

उनले चार महिनाको अवधिमा दुईवटा फरक–फरक नागरिकताबाट दुईवटै राहदानी लिएको पाइएको छ भने उनले अर्को एक कूटनीतिक राहदानी पनि लिएर प्रयोग गरेको पाइएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा राहदानी विभाग र अध्यागमन विभागमार्फत् पठाएको कागजातमा उनले तीनवटा राहदानी लिएको पाइएको हो ।

पाण्डेयको नाममा सबैभन्दा पहिला १७ जुलाई २०१२ मा ०६०१८३७० नम्बरको साधारण राहदानी जारी भएको थियो । उनले उक्त राहदानी ३९१०११/१५५ नम्बरको नागरिकताबाट लिएको देखिन्छ ।

उनले दोस्रो राहदानी ०५ डिसेम्बर २०१२ मै लिएको देखिन्छ ।  उनले ३५ नम्बरको नागरिकताबाट लिएको यो विशेष राहदानी हो । विशेष राहदानीको नम्बर ००५९४४९ रहेको छ । पाण्डेयले १५ जुलाई २०१९ मा कूटनीतिक राहदानी पनि लिएको देखिन्छ ।

यो राहदानी उनले ३५ नम्बर नागरिकताबाटै बनाएका हुन् । उनले लिएको कूटनीतिक राहदानीको नम्बर ००२९७९८ रहेको छ । उनले दुवै नागरिकता जिल्ला प्रशासन कार्यालय पाल्पाबाट लिएका हुन् । उनका तीन राहदानीमध्ये साधारण राहदानी जिल्ला प्रशासन कार्यालय पाल्पाबाट जारी भएको देखिन्छ भने अन्य दुई वटा राहदानी राहदानी विभागबाट लिएको देखिन्छ ।

समितिमा पठाइएको यात्रा विवरणमा पछिल्ला दुई विशेष र कूटनीतिक राहदानी नै प्रयोग भएको देखाइएको छ । तर उनले अमेरिका अध्ययन गर्न जाने क्रममा प्रयोग गरेको राहदानीका बारेमा भने विभागले कागजात पठाउन सकेको छैन । 

उनी २०१३ र २०१४ मा अमेरिका अध्ययन गर्न जाँदा प्रयोग भएको राहदानीको विषयमा भने केही खुलाइएको छैन । उनी सन् २०१३ मा हम्फ्रे फेलोसिप पाएर अमेरिका गएका थिए । 

त्यसपछि सन् २०१४ मा उनी अमेरिकाकै वासिङ्टन कलेज अफ लमा अध्ययनका लागि गएका थिए । अध्यागमनले पठाएको विवरणमा २०१५ डिसेम्बर ५ देखि २०२३ सेप्टेम्बर २४ सम्मको यात्रा विवरणमात्र उपलब्ध छ ।

तर अमेरिका जाँदा प्रयोग गरेको राहदानी र यात्रा विवरण समितिमा नपठाइएको विभाग स्रोतले जानकारी दियो । कार्यवाहक महासचिव पाण्डेयलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले महासचिवमा नियुक्ति दिएका थिए ।
पाण्डेयको शपथ बुधबार भएको छ । 

मंसिर २४ मा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा नियुक्तिका लागि पाण्डेयलाई सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयले करिब दुई महिना उनको नियुक्तिमा बिलम्ब गर्दै सचिवबाट राजीनामा स्वीकृत गरेको केही मिनेटमै महासचिवमा नियुक्ति दिइएको जनाएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro