site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दोको तयारी पूरा

काठमाडौं । जैशीदेवल युथ क्लबको आयोजनामा चौथो वाग्मती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।

सो प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ । प्रतियोगतामा वाग्मती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कुल २० टिमले सहभागिता जनाउनेछन् । प्रत्येक टिममा २०–२० खेलाडी रहने गरी प्रतियोगितामा कुल चार सय खेलाडी सहभागी हुनेछन् । 

प्रतियोगितामा आयोजक जैसीेदेवलका ३० खेलाडीले सहभागिता जनाउनेछन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमका खेलाडीहरूलाई यस प्रतियोगितालाई मध्यनजर गरी प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि करिब दुई लाख रुपैयाँ रहेको छ । यस प्रतियागितालाई काठमाडौं महानगरपालिकाले प्रमुख प्रयोजन गरेको छ । प्रतियोगितामा आठ/आठ तौल समूहमा ब्वाइज र गर्ल्सतर्फ प्रतिस्पर्धा हुनेछन् । 

प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र काश्य पदक विजेतालाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

यसैगरी, बेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिलालाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ । सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी, सर्वश्रेष्ठ पुम्से महिला खेलाडी, सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर प्रदान गरिनेछ ।

जैशीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले यस प्रतियोगितामा आयोजक टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिए । सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरुको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने प्रजापतिले बताए । 

अध्यक्ष प्रजापतिले हरेक संस्करणमा केही नयाँ गर्ने प्रयासअनुरुप यसपटकदेखि खेलाडीहरुको एक हप्ताका लागि एक लाख रुपैयाँ बराबरको बिमा गरिएको जनाए । यसैगरी उनले सम्पूर्ण टिम, खेलाडीका लागि सहभागिता निःशुल्क रहेको र सम्पूर्ण खेलाडीका लागि टिसर्ट प्रदान गर्नुका साथै ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको पनि जानकारी दिए । यसैगरी आयोजकले प्रशिक्षक तथा निर्णायकहरूलाई पनि ज्याकेटको व्यवस्था गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro