site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पोखरा–भैरहवा विमानस्थल चलाउँदा भारत रिसाउँछ भन्ने डरमा सरकार छ : पदम गिरी 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकार असफल हुँदा वर्तमान राजनीतिक व्यवस्थामाथि प्रहार भएको बताएका छन् । उनले वर्तमान सरकार सुशासनभन्दा पनि तस्करीमा लागेको आरोप लगाए । 

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार असफल हुनु भनेको व्यवस्था असफल भएको भन्न नमिल्ने उल्लेख गरे । उनले व्यवस्थाभन्दा पनि सरकारको विकल्प खोज्ने समय आएको जानकारी दिए । 

“आम जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति वितृष्णा बढेको छ । सरकारको अर्कमण्यताको कारण व्यवस्थाको कुप्रचार भएको छ । यो व्यवस्थाको असफलता हैन भन्न चाहन्छु । यहीभित्र समस्याको समाधान खोज्नुपर्छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

प्रमुख सचेतक गिरीले सरकारका कारणले राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको र राज्यको अरबौँ रूपैयाँ के हुन्छ भन्दै चिन्ता व्यक्त गरे । 

“गाउँ–गाउँमा खानेपानी आयोजनालाई सरकारले बजेट नदिँदा ट्यांकी फुटेका छन् । विद्यालय र आधारभुत अस्पताल सरकारले दायित्व भुक्तानी नगर्दा अलपत्र अवस्थामा पुगेको छ,” उनले भने । 

आफ्नो दलको अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम वर्तमान सरकारले अलपत्र पारेको भन्दै उनले आक्रोश पोखे । प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता कार्यक्रम वर्तमान सरकाले अलपत्र पार्दिदा किसान कृषि क्षेत्रमा केही गर्छौँ भन्ने आत्मविश्वास गुमेको उनले बताए । 

“कुनै पनि क्षेत्रमा सरकारले इमान्दारका साथ काम गर्न सकेन । जनता निराश छन् । पोखरा–भैरहवा विमास्थल सञ्चालन गर्न खै पहल सरकारले गरेको ? ऋणको भारीमात्र बढाउने,” उनको प्रश्न थियो । 

सरकारले उत्तरी छिमेकी (भारत) रिसाउँछ कि भन्ने डरमा विमानस्थल चलाउन नसकेको संगिन आरोप उनको थियो । सरकार सफल हुन नसक्दा मन्त्री र प्रधानमन्त्री स्वयम् स्टण्डमा लागेको धारणा उनको थियो । प्रधानमन्त्री नै जातिय राज्य बाढ्छु भनेर व्यवस्थाविरोधी भएर स्टण्ड गरिरहेको आरोप उनले लगाए । 

“प्रधानमन्त्रीलाई कहिले प्रभु इशुक्रिस्ट त कहिले सम्राट अशोका जस्तो हुनुहुन्छ भनेर मन्त्रीहरू महिमागानमा हुनुुहुन्छ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro