site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रक्रिया पूरा भएका कम्पनीका आईपीओ निष्कासन नरोक्न माग
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओ निष्कासन नरोक्न माग गरेका छन् । 

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजान लाइनमा रहे पनि केही महिनादेखि रोकिएको बताए । 

अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने बताए । धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आईपीओ निष्कासन रोक्न नहुनेमा उनको जोड छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro