अर्थ व्यवसाय

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २४.७६ अंकले घटेको छ । आज नेप्से परिसूचक २,६२८.९१ विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ । आज दुई अर्ब १४ करोड रुपैयाँले बढेर ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार नौ अर्ब आठ करोड ५८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ४७ कम्पनीको सेयरमूल्य बढेको छ । अन्य, २०१ कम्पनीको सेयरमूल्य घटेको छ । जसमा पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १५:५५
प्रतिक्रिया दिनुहोस्