site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलाको तालिका सार्वजनिक 
फाइल तस्बिर ।

काठमाडौं । नेपालमै हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलाको खेल तालिका सार्वजनिक गरेको छ । शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् । 

सार्वजनिक तालिकाअनुसार नेपालले १५ फेब्रुअरीमा नामिबियासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । १७ फेब्रुअरीमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । १९ फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्स भिड्दा २१ फेब्रुअरीमा नेपालले पुनः नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । यस्तै, नेपालले शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सँग २५ फेब्रुअरीमा खेल्नेछ ।

शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली राष्ट्रिय टोली सार्वजनिक गरेको छ । देसाईले गत आइतबार १४ सदस्यीय टोली सार्वजनिक गरेका थिए । लिग–२ शृंखलाका लागि देसाईले प्रतिश जीसी, देव खनाल, अनिल साह र विवेक यादव गरी चार खेलाडीलाई रिजर्भमा समेत राखेका छन् ।

नेपालले लिग–२ शृंखलाअघि त्रिवि क्रिकेट मैदानमै क्यानडासँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

लिग–२ का लागि घोषित टिम :

रोहितकुमार पौडेल, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ, रिजन ढकाल ।

Cricket-1707221987.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro